देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक पदहरूमा भागबण्डा नै कुशासनको जरो हो : डा. बाबुराम भट्टराई

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक पदहरूमा दलीय भागबण्डा नै कुशासनको जरो भएको बताएका छन् ।

अहिले विभिन्न संबैधानिक निकायमा खाली रहेका पदहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भागबण्डा भइरहेको समाचार आइरहेको प्रसंगमा डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दिया यस्तो भनेका हुन् ।

उनले ४० संवैधानिक पदहरूमा दलीय र गुटीय भागबण्डानिम्ति लुछाचुँडी भैरहेको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक रहेको भन्दै देशमा भ्रष्टाचार, वेथिति र कुशासनको जरो नै यही भएको बताएका छन् । उनले दक्षता र समावेशीताका आधारमा खुला प्रतिस्पर्धाबाट छनौट गर्न प्रस्ताव गर्दै नभए लोकतन्त्र र समाजवाद हात्तीको देखाउने दाँत मात्र हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन् – ‘४० संवैधानिक पदहरूमा दलीय/गुटीय भागबण्डानिम्ति लुछाचुँडी भैरहेको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ । देशमा भ्रष्टाचार/वेथिति/कुशासनको जरो नै यही हो!दक्षता र समावेशीताका आधारमा खुला प्रतिस्पर्धाबाट छनौट/नियुक्ति गरौं । नत्र लोकतन्त्र/समाजवाद हात्तीको देखाउने दाँत मात्र हुनेछ !’