देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगन्जको कोरोना अस्पतालमा मृत्यु भएका भारतीय नागरिकमा कोरोना पुष्टि

देशान्तर

वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको बताए । शनिबार उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वीरगन्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा मालाको पसल व्यवसाय गरिरहेका ती भारतीय नागरिकको आइतबार बिहान करिब ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार ती व्यवसाय मुटुरोगी थिए । उनमा मधुमेहसमेत थियो ।