देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अवैध युरिया मलसहित एक पक्राउ

देशान्तर

जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ती मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिए ।