काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् । अहिले नेकपाको विवाद सतहमा आइरहेको र मंगलबार पार्टीको स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेता पोखरेलले सामाजिक संजालमा यस्तो टिप्पणी गरेका छन् ।
उनले राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेको भन्दै ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् । साथै उनले केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सिन अपिल गरेका छन् ।
उनले भनेका छन् – ‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं ! त्यो ऐतिहासिक एकता गर्दा पुरागर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं ! केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !’





प्रतिक्रिया