काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो समय भएका अदालतको कामकारवाहीका बारेमा भएका टिका टिप्पणीप्रति आफ्नो ध्यानआकर्षण भएको बताएको छ । सोमबार एक विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतले अदालतबाट न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटिलाई विधि र प्रक्रियाअनुसार अदालतबाटै उपचारको अनुसरण गर्न सकिने भन्दै यी विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको वेञ्चबाट असार १५ गते पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश अहिले विवादमा रहेका छन् ।सा माजिक संजालदेखि मिडियासम्म सर्वोच्चले गलत फैसला गरेको भन्दै आलोचना भइरहेको छ।
यद्यपी पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला त्रुटिपूर्ण रहेको भन्दै परेको पुनरावलोकन निवेदनमा सर्वोच्चकै तीन न्यायाधीशको इजलासले अनुमति दिइसकेको छ । सर्वोच्चले यसै सन्दर्भमा न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी टीका टिप्पणी भएको भन्दै टिका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमा आंच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको छ ।
प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘अन्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त रहने संस्था हो । न्यायपालिकाका काम कारवाहीका बारेमा भ्रम सिर्जना हुनेगरी समाचारको प्रवाह र टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान जान जरुरी हुन्छ ।’
सर्वोच्चको विज्ञप्ति :-






प्रतिक्रिया