देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालीकोट पहिरो अपडेट : एकै घरका सात जनासहित आठको मृत्यु

देशान्तर

कालिकोट – कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या आठ जना पुगेको छ । अझै एक जना बेपत्ता छन् । गाउँपालिका–७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिंदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिए । यस्तै सोही गाउँपालिकाको वडा नम्बर–४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले जानकारी दिएका छन् ।

यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए । नगरपालिकाको वडा नम्बर–१ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँच जना बेपता भएका छन् भने चोक्टेबगरमा पहिरोमा पुरिएर एक जना बेपत्ता छन् ।