देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाकी सांसद सिटौलाले लिइन् सपथ

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले सपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सांसद सिटौलालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

पार्टीकी सांसद सरिता गिरीलाई सांसदबाट फिर्ता बोलाएपछि जसपाले ललितपुरकी सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाएको थियो। निर्वाचन आयोगले सिटौला सांसद निर्वाचित भएको घोषणा गरेपछि उनलाई बुधबार सपथ खुवाइएको हो।

समानुपातिक तर्फ पार्टीले बुझाएको बन्द सूचीमा सिटौलाको नाम थियो। गिरीले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाहीमा परेकी थिइन्। लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्तावमाथि पार्टीले पक्षमा मत दिन ह्विप गरे पनि गिरीले अस्वीकार गरेपछि कारबाहीमा परेकी थिइन्।