देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १४६ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या १४ हजार २१ जना पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १४ हजार २१ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल १४ हजार ४७१ जना हाल क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ४९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।