देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो

देशान्तर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बिहीबार साँझ १० र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । प्रहरी प्रवक्ता कडायतका अनुसार अहिलेसम्म देशभर २ सय ५० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना निको भइसकेको उनले बताए । संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए ।