वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा दुई चिकित्सकसहित ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमित देखिएकाहरु पर्सा, बारा र रौतहटका वासिन्दा रहेका छन्।
जसमा पर्साका ४१, बाराका दुई र रौतहटका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ जना महिला र ३२ जना पुरुषमा संक्रमण देखिएको हो।
उनका अनुसार अस्पतालमा डायलासिस गरिरहेका तीन जना मृगौला रोगीलाई पनि कोरोना देखिएको छ। संक्रमितको सम्पर्कमा आएका चिकित्सकमा पनि कोरोना देखिएको उनले बताए। जसमा दुई चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरु आईसीयू र ओपीडी बिभागमा कार्यरत छन्।






प्रतिक्रिया