
काठमाडौँ । नेपाली काँग्रेसले पदावधि समाप्त भएका आफ्ना भातृसंघहरुको म्याद ६ महिनाका लागि थपेको छ ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी केन्द्रीय समितीको बैठकले अनुमोदन गर्ने गरि म्याद समाप्त भएको मितिले ६ महिनाका लागि म्याद थपिएको जानकारी दिएका छन् ।
म्याद सकिने काँग्रेसका भातृ संघहरुमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसन संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् ।






प्रतिक्रिया