देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाको सुरक्षार्थ खटिएका प्रहरी पनि कोरोना संक्रमित

देशान्तर

काठमाडौं । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा रहने प्रहरीलाइ कोरोना पुष्टि भएको हो ।

प्रहरी स्रोतका अनुसार संक्रमित प्रहरी साउन ६ गतेसम्म सभामुखको अगुवा सवारीमा सुरक्षार्थ खटिइरहेको थिए । उनीसँग सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको र उनीहरुको रिपोर्ट भोलिसम्म आइसक्ने जनाइएको छ ।