देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ९३ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या १४ हजार ४९२ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म १४ हजार ४९२ उपचारपछि निको भएका छन्।

हाल ५ हजार २ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ। विगत २४ घण्टायता ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। योसँग हालसम्म नेपालमा २० हजार ८६ पुगेको छ। हालसम्म नेपालमा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।