काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ ।
नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिनेछ ।
परिर्वतित मापदण्डअनुसार ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्थाका तथा झाडापखालाका बिरामीको पनि परीक्षण गरिने छ । सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, स्थल तथा हवाई मार्ग हुँदै विदेशबाट आएका सबैलाई क्वारेन्टिन राखिएको पाँच देखि सात दिनभित्र परीक्षण गरनेछ ।
यस्तै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू र विगत १४ दिनमा कोरोना सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरूको पनि अनिवार्य कोरोना परीक्षण गरिने परिर्वतीत मापदण्डमा उल्लेख छ । यसैगरी आइसियुमा रहेका सबै बिरामीहरू, दीर्घरोगीहरू विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू०को पनि परीक्षण अनिवार्य गरिएको छ ।





प्रतिक्रिया