देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली–दाहालबीच तीन घण्टा वार्ता, स्थायी कमिटी अनिश्चित

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।

साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र दाहालले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । भोली पुनः छलफल हुने बताईएको छ ।