देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली प्रचण्डको वार्ता निष्कर्षविहीन, भोलि फेरि छलफल हुने

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ ।

सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ । तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् ।

कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन, स्रोतले भन्यो, भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।