देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल र गौतमबीच भेटवार्ता

देशान्तर

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन्। आइतबारदेखि सुरू भएको दुई अध्यक्षबीचको छलफलले आज पनि निरन्तरता पाउँदैछ। बेलुका ५ बजे हुने दुई अध्यक्षबीचको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनेछन्।

गौतमले निवास भैंसेपाटी पुगेर दाहालले भेटवार्ता गरेका हुन्। दाहालले पार्टीभित्र देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा गौतमसँग करिब ४० मिनेट छलफल गरेको गौतमको सचिवालयले जनाएको छ। गौतमले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसले नयाँ बहस सुरू गरेको छ। आजको भेटमा पनि अहिले देखिएको संकट समाधानकै विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ।