देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अख्तियारका १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो ।