देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा स्वास्थ्यकर्मी र बैंकरसहित पाँचजना कोरोना संक्रमित थपिए

देशान्तर


काठमाडौ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण थप भएको छ। बुधवार ५ जना थप भए पछि समुदायमा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। थप भएका मध्ये नगरपालिकामा कार्यरत १ सब इन्जिनियर सहित २ कर्मचारी , १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैङ्क कृष्णनगरका कर्मचारीमा रहेका छन्।
समुदायमा समुदायमा कोरोना जाँच गर्नका लागी कृष्णनगर नगरपालिकाबाट १३३ नमुना सङ्कलन गरिएको थियो।​मङ्गलवार १ बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा कोरोना देखिएको थियो। जिल्लामा कुल ८११ सङ्क्रमित मध्ये ६३ जना उपचाररत रहेका छन्।
समुदायमा कोरोना परीक्षण गराउँदा महाराजगन्ज नगरपालिका र यशोधरा गाउँपालिकामा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।