काठमाडौ – वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बुधबार बिहान कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।
ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु उपाध्यायले बताए।
उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए। साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको आज बुधबार बिहान मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ। वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि त्यहाँ कोरोना संक्रमितको मृत्य भएको हो । गत साउन १७ गते मात्रै हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो ।





प्रतिक्रिया