देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी मुख्यालयका थप १० प्रहरीमा कोरोना, संक्रमितको संख्या ८५ पुग्यो

देशान्तर

काठमाडौं । प्रहरी मुख्यालयमा थप १० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ।

यस अघि ७५ जनामा संक्रमण देखिएको अहिले थपिएको १० जनासँगै ८५ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतले बताए। यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनको भनाइ छ।

प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ।