काठमाडौ । नेपालमा कोराना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । आज मात्र विभिन्न ठाउँमा संक्रमित भेटिएका छन् ।
वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जका ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएको अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
उनले गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । कोरोना देखिनेमा नेपाली सेनाका ११ जना रहेका छन् ।संक्रमित २० देखि ४० वर्ष उमेर समूहका बढी छन् ।





प्रतिक्रिया