काठमाडौ । धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बुधबार राती आएको रिपोर्टमा १२ जना र आज बिहान बिहान एक जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
करिब २ साता अघि भारतको विहार गएर आएका २७ वर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएको हो । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नु अघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ ।





प्रतिक्रिया