देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाटन अस्पतालमा एक जना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो।
उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो।