काठमाडौं । भैरहवा परासी सडकखण्डमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिदा तीन जनाको मृत्यु भएको हो । मृतक ३ जनामध्ये १ जनाको मात्रै सनाखत भएको छ ।
प्रहरीका अनुसार चालक रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मात्रै पहिचान खुलेको छ । लु२च ६७५६ नं. को कार कार दुर्घटनामा परेको हो । कारमा सवार चार जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया