देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित ५१ जनामा कोरोना सङ्क्रमण

देशान्तर

काठमाडौ । पर्सामा बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रमाप्रसाद साहसहित ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाको रिपोर्टअनुसार पर्सामा नगरप्रमुख साहसहित ५५ जना कोरोना सङ्क्रमित थपिएका हुन् । जसमध्ये ८ जना महिला छन् । नगरपालिका प्रमुख साह १ हप्तादेखि होम क्वरेण्टीनमा थिए ।

साहलाई ज्वरो आएको र रुघाखोकी लागेको छ । सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मीहरु पनि छन् । सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् ।

यस्तै बारामा ३ जना र सर्लाहीमा १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदनकुमार उपाध्यायले बताए ।