देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा थपिए ३३८ जना संक्रमित, १४० डिस्चार्ज

देशान्तर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त संख्याका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा उक्त संक्रमित भेटिएको जानकारी दिए।

नेपालमा हालसम्म ७०. ७ प्रतिशत कोरोना संक्रमित निको भएको उनले बताए। उनका अनुसार हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ। आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन्। योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन्।

सोमबारसम्म ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।