देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोंगबुमा टाउको काटेर फालिएका व्यक्तिको पहिचान खुल्यो

देशान्तर


काठमाडौ । गोंगबु नजिकै टाउको काटिएको अवस्थामा दुई दिनअघि फेला परेको शवको पहिचान भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार टाउको काटेर फालिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको हो। टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो।

बोहोराको टाउको सुटकेश भन्दा केही पर फेला परेको थियो। सुटेकशमा शव भेटिए पनि टाउको खोज्‍न प्रहरीलाई कठिन भएको थियो। उक्त टाउको प्रहरीकै एउटा तालिमप्राप्त कुकुरले भेट्टाएको थियो।