देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेन्ज फाउन्डेशनद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

देशान्तर

काठमाडौं । कोविड -१९ अर्थात कोरोना भाइरसले महामारीको रुप लिइरहँदा सुरक्षाका लागि खटिरहेका सुरक्षाकर्मीहरुलाई मेन्ज फाउन्डेशनले फेस शिल्ड वितरण गरिएको छ । महामारीका बेला डिउटीमा खटिने सुरक्षाकर्मीको लागि फाउन्डेसनले अत्यावश्यकीय स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।

काठमाडौं उत्पत्यका ट्राफिक प्रहरी इन्चार्ज भिम ढकालको आग्रह अनुसार एक सय तीन थान फेस शिल्ड वितरण गरेको फाउन्डेशनका अध्यक्ष खानले जानकारी दिए । खानले ढकाल र ठमेल ट्राफिक प्रहरी प्रमुख विनय अर्याल मार्फत उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नेपाली कांगे्रस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सदस्य समेत रहेका कांग्रेस नेता खानले यसअघि पनि पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लक्षीत गरी पिपिइ, मास्क, स्यानिटाइजर लगाएतका लाखौँ मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए ।

‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ खानले ठमेलको सातघुम्तीबाट दैनिक सातसय जनाका दरले हजारौँलाई भोजन गराएका थिए । नेपाली कांग्रेसका भातृसंगठन मुस्लिम विभागका केन्द्रीय सदस्य समेत रहेका खान कांगे्रसका उदयमान उर्जावान युवा नेता हुन् । समाज सेवा मार्फत नै राजनीतिक छवि बनाइसकेका उनी कांग्रलोकप्रीय युवा नेता हुन् ।