काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आवत–जावत बन्द गरिएको छ। निवासमा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष दाहाल सहित नजिकको सम्पर्कमा रहेका सवै जना आइसोलेसनमा छन्।
अहिले खुमलटारमा आवत–जावत बन्द गरिएको छ। केही दिनसम्म भेटघाट राखिदैन, दाहालका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले भने। गएको २३ साउनमा दाहाल निवासको सुरक्षार्थ बाहिरी घेरामा रहेका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको थियो





प्रतिक्रिया