देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा १३८ जना संक्रमित थपिए

देशान्तर

काठमाडौँ उपत्यकामा आज पनि थप १३८ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४८४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।