देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, हालसम्म मृतको संख्या ९१ पुग्यो

देशान्तर

काठमाडौं । कोरोना संक्रमणबाट एकैदिनमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अनुसार पछिल्लो २४ घण्टामा आठ जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि मृत्यु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका– १ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।

त्यस्तै जनकपुर उपमहानगरपालिका–१ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। उता सप्तरीको डाक्नेश्वरी–८ घर भई हाल राजविराज नगरपालिका९६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका– २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ । बुधबार ८ जना थपिएसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९१ पुगेको छ ।