देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडा । मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं। ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् । यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।