देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन

देशान्तर


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ

शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।

कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।

यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

ओलीसँगको छलफलपछि उनले थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गरेका थिए । बिहीबारको बैठकपछि प्रचण्डले आफूपक्षीय नेता कार्यकर्तालाई ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।