देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णालीमा प्रदेशमा ५ जना संक्रमित थपिए,७ जना डिस्चार्ज

देशान्तर

काठमाडौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एकरएक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ पुगेको छ ।

यस्तै, कर्णालीमा शुक्रबार थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४३ जना आइसोलेसनमा रहेका छन् ।