देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौ । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं। १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं। ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए ।

योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ