काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन्
उनीहरु सबैको सामूहिक दाहसंस्कार गर्ने तयारी भएको जुगल गाउपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए । स्थानीयहरुको ईच्छाअनुसार नै बौद्ध परम्पराअनुसार शवको सामूहिक रुपमा लामाहरुबाट अन्त्येष्टि गर्ने तयारी गरिएको उनले बताए । यस्तै, पहिरोमा पुरिएरकामध्ये आज बिहान थप दुई जनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
यससँगै पहिरो पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।





प्रतिक्रिया