काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदी पहिरोमा बेपत्ता थप ५ जनाको शव भेटिएको छ। गाउँपालिका उपप्रमुख सिर्जना तामाङका अनुसार आज थप पाँच जनाको शव भेटिएको हो।
शुक्रवार ११ जनाको शव भेटिएको थियो। शुक्रवार बिहान ६ बजे गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ जनाको खोजी कार्य जारी रहेको छ। पहिरोमा ३८ घर पुरिएको थियो।
भेटिएका १६ शवको भने अन्तिम संस्कार गरिएको तामाङले जानकारी दिइन्।
ु१६ जनाको अन्तिम संस्कार गरियो। अरुको खोजी कार्य जारी छ। पानी परिरहेको छ। तथापि सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छौुं, उनले भनिन्।
शनिबार प्रदेश सरकारले खाद्यान्न , शौचालय र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनले बताइन्।
प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, समाजिक विकासमन्त्री युवराज दुलाल, पर्यटनमन्त्री अरुण नेपाल, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ पहिरो ग्रत क्षेत्रमा पुगेका थिए।
शुक्रवार नै सभामुख अग्नि सापकोटा र गृहमन्त्री रामबहादुर थापा उद्धार र राहतका लागि पहिरो ग्रस्त क्षेत्र गएका थिए।





प्रतिक्रिया