देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलङ्कीको तीनथानामा एक व्यक्तिको शव डुबेको अवस्थामा भेटियो

देशान्तर

काठमाडौँ – राजधानीको तीनथाना, कलङ्कीमा एक व्यक्तिको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ।

तीनथाना झोलुङ्गे पुलमुनी खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको काठमाडौँ प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

हत्या हो की आत्महत्या हो भन्ने सम्बन्धमा पनि अनुसन्धान भइरहेको एसपी राठोरले जानकारी दिए।