देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा थपियाे निषेधाज्ञा

देशान्तर

कपिलवस्तु – कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि साउन २७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आइतबार राति सकिँदै थियो। निषेधाज्ञाको अवधि सकिए पनि संक्रमणको जोखिम यथावत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः निधेषाज्ञा थप गरेको हो।

निषेधाज्ञाको अवधि थप गरी भदौ ७ गतेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अत्यावश्यक क्षेत्रबाहेकका सबै क्षेत्र बन्द गरिएको जानकारी दिए।