सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
पार्टीभित्रको आन्तरिक किचलोका कारण झण्डै एक महिनापछि आज विहान साढे नौ बजेका लागि बोलाइएको हो ।
पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल अनुमोदन गराउन बैठक बोलाइएको हो । बैठकले कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।
गत साउन ३ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । सो बैठकमा अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन प्रस्ताव गरेका थिए ।
नेकपाका दुई अध्यक्षले शुक्रबार विवादमा सहमति जुटाउन छ सदस्सीय कार्यादल गठन गरेका थिए ।
कार्यदल गठनका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले असन्तुष्टि ब्यक्त गर्दै आएका छन ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन । कार्यदल गठनसँगै नेकपाका देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।





प्रतिक्रिया