देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको विवाद समाधानका लागि गठित कार्यदल सचिवालयबाट अनुमोदन

देशान्तर

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ ।


आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताए ।


पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि थियो ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो । गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।