देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

देशान्तर

काठमाडौ । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।

उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।