काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुष रहेका छन्।
ती पुरुषको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका निमित प्रमुख तथा आइसोलेशन इन्चार्ज डा। जामुन सिंहले जानकारी दिए।
उनका अनुसार दम रोगको सिकायत रहेका ती पुरुषलाई रुघाखोकी, ज्वरो र श्वासश्वासमा समस्या भएपछि गएको साउन २६ गते पीसीआर परिक्षण गरिएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि साउन ३१ गते प्रादेशिक अस्पताल अन्तर्गत निर्माण गरेको कोभिड दोश्रो लेभलको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो।
आइसीयूमा राखेर उपचार भइरहेका ती पुरुषको सोमबार मृत्यु भएको हो। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।





प्रतिक्रिया