देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी-पहिरोमा उद्वार र राहतका लागि कांग्रेसले ग¥यो ३० जिल्लामा सहयोग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा कांग्रेसले सहयोग गरेको बताए ।

बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोगका रुपमा १ लाख ५० हजारका दरले ३० जिल्लामा रकम दिने निर्णय भएको उनको भनाइ छ ।

ती जिल्लामा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन् ।