देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा एकैदिन हालसम्मकै धेरै १ हजार १६ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।