नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उनलाई अन्तिम श्रद्धान्जली दिएका छन् ।
मंगलवार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिनका लागि पौडेल बुधवार विहान नै घिमिरेको निवास लैनचौर पुगेका थिए ।
घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिदै छ । पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभुतीलाई गुमाएको उल्लेख गरेका छन् । वरिष्ठ नेता पौडेलले दुखको घडीमा परिवार , समस्त साहित्य प्रेमीहरु तथा र राष्ट्रप्रेमी नेपालीहरुमा समवेदना व्यक्त गरेका छन् । पौडेलले घिमिरेको योगदान अमर रहने बताएका छन् ।





प्रतिक्रिया