देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाममा बाढीले बगाएका ६ जनाको शव भेटियो , ११ जना बेपत्ता

देशान्तर

काठमाडाै – अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

गएराति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले जानकारी दिए ।

हराइरहेका अरुको पनि खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।