देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीका थप चार जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो।


कोरोना पुष्टि भएकामध्ये ४ जना प्रदेशकै रहेका र एकजना बागमती प्रदेशअन्तर्गतको धादिङका हुन्‌।​संक्रमित हुनेमा तनहुँकाको देवघाट नगरपालिकाका १ जना, गोरखाको पालुङटार नगरपालिकाका १ जना, बागलुङको बडिगाड गाउँपालिकाका १ जना, धादिङको गंगा जमुना गाउँपालिकाका १ जना र नवलपुरको कावासोती नगरपालिकाका १ जना रहेका छन्।


बागलुङ र धादिङ र नवलपुरका एक(एक जना लमजुङमा कार्यरत कर्मचारी हुन्। यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७८२ पुगेको छ।