देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय संसदका सांसद बोगटीमा कोरोना संक्रमण पुष्टि

देशान्तर


काठमाडौं – संघीय संसदका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

उनले साउन ३० गते कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आए पनि कोरोनाका कुनै लक्षण नदेखिएको उनले बताए ।

उनले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना सरेको प्रतिक्रिया दिएका छन् । नेकपाका महासचिव विष्णु पौडेलमा कोरोना देखिएपछि बोगटी र उनका पीएले पनि परीक्षण गराएका थिए । ३१ गते बोगटीको रिपोर्ट नगेटिभ आएको थियो । उनका पीएमा भने पोजेटिभ देखिएको थियो ।

पहिले नेगेटिभ आएको भनिए पनि सोमवार भने पोजेटिभ आएको उनले बताए । काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजेटिभ रिपोर्ट आएको भन्दै फोन गरेको बोगटीले बताए ।

यसअघि संघीय संसदका अर्का सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो । अहिले उनी निको भइसकेका छन् ।